मेरो देश मेरो देश भन्दै उफ्रिन्थेँ हिजो
मैले मेरो देश भन्न नपाउने रे ! अब
बिना पहिचानको मान्छे रे ! म
त्यसैले
मेरो कुनै पहिचान छैन रे !
मेरो कुनै देश छैन रे !
मैले मेरो देश भन्न नपाउने रे ! अब
किन ?
था छैन ।
नाजवाफ छु म ।
कोही बल–जफत फैज लिएर आयो मारुँला झैँ गर्दै भाक्क–भुक्क पारो
अनि भन्दियो
तँ यो देशको हैनस,
त्यसैले अब
तैँले मेरो देश मेरो देश भन्न पाउँदैनस
किनकि ?
तँ यो देशको हैनस ।
हाय ! अपसोच !
मैले मेरो देश भन्न नपाउने रे ! अब
बिना पहिचानको मान्छे रे ! म
त्यसैले
मेरो कुनै पहिचान छैन रे !
मेरो कुनै देश छैन रे !
पुस्कल पौडेल (–––प्रतिक)
कल्पनामै लेख्दा लेख्दै आँखा रसाउन थाले
यो कबिता अझै लामो बन्न सक्थ्यो तर कल्पनामै लेख्दा लेख्दै आँखा रसाउन थाले, गह भक्कानिएर आयो अनि अधुरो मै पुरा गरेँ ।
मेरो कुनै देश छैन रे !
मार्मिक छ ! अँझ लेख्नुहोस् । पुरै अंश राख्न पाए झनै राम्रो हुन्थ्यो !
तर कृपया एउटै रचना दुई पटक पोस्ट नगरिदिनुहोला !
Thank You
Tnak’s for Your comment