मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
गनगने दाई (लघु कथा )
shantiram.dhakal — Sat, 09/15/2012 - 12:28
'गनगने कामी' । सबैले गाउँमा त्यही नामले उनलाई बोलाउथे, मेरा बालाई सधैं बाजे भनेर बोलाउथे तिनले । गाउँभरि उनलाई सबैले तँ भनेर सम्बोधन गर्थे । तर मेरो बाले आफूभन्दा ठूलो, जेठो मान्छेलाई 'तँ' भन्नु हुँदैन भनेर सिकाउनु भएकाले मैले उनलाई गनगने कामी दाइ भनेर 'तपाईं'बाट सम्बोधन गर्थें ।
एक दिन भैंसी हेर्दै गर्दा तिनको घर छेउमा बोडीको झ्यांग हाम्रो भैंसीले खाइदियो । उनी मसँग जंगिए, धेरै रिसाए ।
"यत्रो दुख गरेर रोपेँ, हुर्काएँ । अब फल्न थालेपछि चैं सर्वनासै गरायौ काइँला भाइ ...! फलेपछि त म एक्लै खाने त होइन नि तिमीहरुलाई पनि त हुन्थ्यो नि !" यसरी कराइरहे ।
उनी हाम्रो बारीमा सानो झुप्रो बनाएर बसेका थिए । हाम्रोमा नै काम गर्थे । एकै परिवार जस्तो थियो । मलाई उनीसँग त त्यस्तो डर लागेन । एक छिन कराउछन सकिहाल्छ भन्ने लाग्थ्यो । मलाई साह्रै नै माया गर्थे । तर यही कुरा भैंसी राम्रोसँग नहेरेको भनेर बालाई भनिदिए भने चैं के गर्नु भन्ने भयो । नभन्दै सुनाइदिएछन् । बाले मलाई धेरै कराउनु भयो ।
त्यो रातभरि सुत्ने गारो भो । मलाई रिस उठ्यो । बिहानै उठ्ने बित्तिक्कै राते कुकुरलाई डोर्याउदै लगेर उनको कुखुराको खोरमा छिराइदिएँ । कुकुरले दुई ओटा कुखुरा मारिदियो । भित्रबाट गनगने दाइ कुखुराको च्याँ च्याँ र चुँ चुँ कक र कुकू सुनेर बाहिर निस्किए ।
मैले पनि "किन पोल लगाको ?" भनेर तथानाम गाली गरें ।
त्यसपछि उनी जंगिएर कराउन थाले - "काइँला भाइ ! तिमी धेरै बदमास भयौ होस् गर । त्यो मुखलाई त एक माना भात हो, त्यसपछि केही चाहिन्न । तर नाकलाई धेरै चाहिन्छ नाक जोगाउनु ।"
त्यो उपदेश गनगने दाइबाट रिसको बेला पाए पनि अति महान उपदेश रहेछ । धन्य मेरा गनगने दाइ धन्य ।
गनगने दाइ अहिले निक्कै सिपालु भएका छन् । आजकाल जात पात केही होइन भन्दै अनेक अर्ती उपदेश दिंदै त्यही गाउँमा अलिक ठुलो घर बनाएर बसेका छन् । सबैका साझा भएका छन् मान्य भएका छन् ।
- 1454 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 16 hours ago - आभार
3 days 12 hours ago - बहुत खुब कहिल्छि ।
6 days 11 hours ago - आभार प्रकट गरे
1 week 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 2 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 2 days ago - एकदम सान्दर्भिक
1 week 2 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- समयकाे धुन
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- मिथिलाक किसान
- हाम्रो बारेमा
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- कोरोना भाइरस
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- म पानी हुँ
- महलकी रानी
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- अनुरागक डोर (गजल)
- काली
- प्रेम पाप होइन
- कुकुर
Last viewed:
- मन
- कविता शृंखला (दुख : १६ - अन्तिम भाग)
- मौन यात्रा
- यहाँ यस्तै छ
- माया
- कहाँ भोजराजा कहाँ गङ्गु तेली
- आध्यात्मिक चिन्तनको प्रभाव
- समाई गयौ पराईको हात
- नयाँ साल
- गजल
- टाढा धेरै टाढा उडेका रंगीन चरा
- तीन मुक्तक (माायमा दाग हुन्न)
- हे जन्मभूमि !
- इन्द्रावतीका पात्रहरूसँग
- भाग्यले नि ठगेको मान्छे
- आज फेरि उन्ले मलाई, हँसाएको याद आयो
- सवाल-जवाफ (गजल) : मेरो घरमा शङख बज्दा
- कुरा काट्ने हरु
- हाम्रो देश
- चोट देऊ यो मुटुमा (गजल)
- कांको आमाइको दिन चर्या (धिमाल कविता)
- लोलाएका ती ठूला
- तिम्रो लागि
- कवि कै रूपमा सक्रिय उहाँ
- नेपालगञ्जमा सुनिए कवि नवराज पराजुली
- मैले पुण्य मन पराएँ या पाप मन पराएँ
- गाउँखाने कथा (कविता)
- स्वार्थ सम्बाद
- किन देखाउछौ आश
- आउ नया बर्ष तिमी
Post new comment