सँगैका त्यो मायालु साथहरू काँप्दछ
लेख्छु भन्छु जिन्दगी हातहरू काँप्दछ
वर्षा यति हुन्छ ममा पीडाहरूको
त्यसैले त दु:खका खातहरू काँप्दछ
कयौं दु:ख भोगिसकेँ बाँकी के नै छ र?
भोगीसक्या निष्ठुरी रातहरू काँप्दछ
विशाल त्यो वृक्ष मुटुमै अटाउँथें
के के भो खै कुन्नि ? पातहरू काँप्दछ
बलियो छ सम्बन्ध भन्ने म सोच्दथें
भ्रमै रै’छ साथीकै गाथहरू काँप्दछ
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
सुनगाभा, बिना तामाङ ज्यूको गजल
मिठो गजल।
सुभकामना।
धन्यवाद हजुरलाई सर्।
धन्यवाद हजुरलाई सर्।