Skip to content

राष्ट्रिय झण्डा


झण्डा हाम्रो विचलित नभै, राष्ट्रको सान राख्ने ।
नेपालीको अटल गरिमा, देश आफ्नै सिँगार्ने ।।
यै झण्डाले मुलुक कसरी, दिन्छ फेरि चिनाई ।
रातो राम्रो रबि र सशीको, चिन्हले राष्ट्रलाई ।।

फर्फर् फर्फर् गिरी उपरमा, झण्डा यो फर्फरायो ।
हाम्रो सानो मुलुक यसरी, विश्वले चिन्न पायो ।।
यै हो राम्रो मुलुक एसिया, भित्रको सानु देश ।
रातो झण्डा फर फर सधैँ, सूर्य चन्द्रै बिशेष ।।

गर्छन् रक्षा दिनभर यहाँ, सूर्यले देशलाई ।
राख्ने जैल्यै निशीभर सबै, चन्द्रमाले मिलाई ।।
यै हो झण्डा अनि हिमगिरी, विश्वमा नाम राख्ने ।
नेपाली हौं प्रतिपल यहाँ, अन्य सामु नझुक्ने ।।

छन्द : मन्दाक्रान्ता
म भ न त त गु गु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *