Skip to content

साहराको हात माग्दा

  • by


साहराको हात माग्दा खुट्टा तान्ने धेरै भेटिए
फूल गुच्छा दिनेलाई ढुंगा हान्ने धेरै भेटिए

गुण दोष छुट्याउने रुप कुनै कडी होइन
सम्पतिको चाल्नाभित्र नाता छान्ने धेरै भेटिए 

एकमुठी सास धान्न सुन चाँदी कस्ले खान्छ र ?
धन हुँदा आफूलाई दैव ठान्ने धेरै भेटिए

देखावटी चलनले ढाकिदिन्छ कालो कर्तूत
अरुलाई मूर्ख सम्झी आफैँ जान्ने धेरै भेटिए

लक्ष्मी पोखरेल
हाल इज्रायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *