Skip to content

तीन रुवाई (सोच्छौ भने, झुट नसम्झ, खराब हुदैन)


(१) अदुवालाई हल्दी सोच्छौ भने
स्वाभिमानलाई चल्ती सोच्छौ भने
खै के कुरा गरौ अब म
मेरो प्रत्येक कुरा गल्ती सोच्छौ भने ।

(२) काटिएर रहेको ठुटा नसम्झ
बढन नसकेको बुटा नसम्झ
कहिले काहीं कारणवस बचन पुरा हुदैन
त्यसैले बिन्ती छ झुटा नसम्झ ।

(३) सबै पुरानो धराप हुदैन
सबै तरल सराव हुदैन
देख्दा नराम्रो भए पनि
सबै कुरुप खराब हुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *