नेताय उवाच :
संविधानको निहुँ गरी देश मिलाई खाउँ
जनताको भोट मिलाई देश बाँडी खाउँ
जनताले नटेरेमा ढाड सेक्नु पर्छ
तिनको ट्याक्स र मिहेनतले हाम्लाई खान पुग्छ
मिलाई मिलाई सबैतिर ढुक्क खानु पर्छ
तस्करी र गुण्डा गर्दी सबै बाड्नु पर्छ
तेस्पछि कोहि बोले मुखमा हान्नुपर्छ
राष्ट्र सेवक यो देशका कर्मचारीहरू
तिनलाई साथ लिएपछि सबै बाटो खुल्छ
ब्यापारीलाई कालो बजार किसान भारी बोक्छ
कोही कतै बोल्यो भने एक हुनु पर्छ
आदर्शका कुराहरू मन्चमा गर्नु पर्छ
भित्र पसी मिलिजुली दर खानु पर्छ
दिउसो खाए सबले देख्छन
राति खानु पर्छ
बलेसीमा घाम खस्दा सबै सक्नु पर्छ
तेस्लाई दोष उसलाई दोष लाउदै गर्नु पर्छ
नत्र भने हाम्रो भेद सबै बाहिर खुल्छ
भुलिहालछन् यी जनताले के को डर छ र
पजेरो र मुस्ताङ भन्दै नाटक गर्नु पर्छ
झिटी गुन्टा ल्याउनेलाई पाता कस्नु पर्छ
बत्ती बले नबाले नि घाम लागि हाल्छ
बिकाश खोज्दै जनता बोले शान्ति भाड्नु पर्छ
ज्यानकै खतरा बढेपछि सबै ठिक हुन्छ
नेताय उवाच :
त्यसरी नै अल्मल्यार सबै सक्नु पर्छ
तिम्रा सन्तान हाम्रा सन्तान सुख पाउनु पर्छ
तिनका बाउको ठेक्का लिन हाम्लाई के को खाँचो
झिना मसिना कुराहरूमा बाटो छोड जनता
खेती गर ट्याक्स बुझाउ त्यही गर जनता
हामीले तिमीहरूलाई शाशन गर्नु पर्छ
धेरै टेन्सन दियौ भने टाउको फोर्नु पर्छ
हामीहरू मिलि मिलि शाशन गरिराछौ
चन्दन, खाग, सुडान सबै भाग बण्डा ला छौं
कहीं कतै गारो भए जनता नाम लिउला
मिलाई मिलाई मिठो जति सबै हामी पिउला !!