Skip to content

आमा ! कोटी कोटी नमन !!


(सम्पूर्ण जगतका आमाहरूमा समर्पण !!)

सबैतिर तिम्रै छाया
सबै तिम्रै माया
छलछाम कतै छैन
कस्तो तिम्रो चाला !

दैव तिमीले यो रूपमा
मेरी आमा दियौ
पूजा ध्यान आराधना
तिम्रै गर्न पाउँ
कहिले कहीं अल्छी गरे
कान समाउन आऊ !

दुइ चार बात गरें भने
तिमी दङ्ग पर्थ्यौ
अंगेनी त्यो डिलमा बसी
मलाई न्यानो पार्थ्यौ

दुख : पर्दा तिम्रो काखमा
शिर यो राखी रुन्थें
पैताला ती गोरेटोमा
तिमीसँगै लम्के
जसले आज मेरो जीवन
सुख सुन्दर पारे !

कदमहरू पग पग
आमा कति सुन्दर
दुख:हरू सबै लुकाई
सुखहरू बाँडयौ
सुखहरू सबै खोजी
मेरो पोल्टो भर्यौ !

रगत दुध सिंचन गरी
यो देहलाई जियौ
मेरो सुख सबै तिमीले
आफ्नु सुख ठान्यौ !

मेलापात धन्दा खेत
तिम्रो पिठ्यौं चढी
खेल्न जान्थें हिलो मैलो
तिम्रो हात छाडी
त्यो धुलोमा त्यो माटोमा
यो जिन्दगी लाई गोडयौ !

मैले खाए खुशी हुन्थ्यौ
नखाएमा रुन्थ्यौ
मैले मुस्कान छोडी दिए
कति खुशी हुन्थ्यौ !

आमा !
सहस्र यी कामनाका
फूलहरू बोकी
श्रद्धाका सुमनहरू
अर्पण गर्छु आमा !

शिर नुवाई यो शिरले
नमन गर्छु आमा
कोटी कोटी नमन गर्छु
कोटी कोटी आमा !!
===========
(भगवानको कार्यव्यस्तताले सबै ठाउमा आफु पुग्न नसक्ने भएकाले आमाको श्रीष्टि गरिएको हो / आमा तिमीलाई कोटी कोटी प्रणाम !!)

Leave a Reply

Your email address will not be published. Required fields are marked *