Skip to content

नभेटे एकपल तिमीलाई

  • by


नभेटे एकपल तिमीलाई त्यसै बैरागिन्छु म
कहिलेकाहीँ भीड भाडमा पनि एक्लिन्छु म

तिम्रो याद मेरो जिउने सहारा बनेर होला,
नभेटे सपनीमा त्यसै त्यसै कहालिन्छु म,

तिम्रो त्यो मुहार देख्न, अनि बोली सुन्न नपाए,
सम्हालिनै गारो हुन्छ अनि भौन्तारिन्छु म,

न भोक छ दिनमा, न लाग्छ रातमा निद्रा नै,
रात दिनै तिम्रो त्यो माया पाउन तडपिन्छु म,

छ तिम्रो मायाको “आभास” जिउने सहारा मेरो
पर्ला नजर यसमा पापी संसारको झस्किन्छु म

जे आर “आभास”

Leave a Reply

Your email address will not be published. Required fields are marked *