Skip to content


करोड आत्मा लिएर हातमा, नेपाल यसस्वी
सगरमाथा भएर बस्यो, संसारी तपस्वी
म यहाँ जन्में यो मेरो देश, म आफैं नेपाली
चम्केर सधैं रहन्छन् मेरा, पहाडी हिमाली

बादलको छाया नेपालको मायाँ, लिएर बस्छु म
हरिया, सेता नेपाली पहाड, मुसारी बस्छु म
यो देश मेरो सुसार गरि, बस्तछु खालि म
अँगालो हाली सगरमाथा चुमेर बस्छु म

ऋषिको देश बुद्धको भेष, शान्तिको पुजारी
ये वन पाखा साथैमाराख्छु, अति नै सिँगारी
म हुँ नेपाली, नेपाल मेरो, छ सधैं रमाइलो
छन् वन पाखा नदी र नाला, सारै छ घामइलो

माटोको मायाँ, बाटाको मायाँ, पखेरो मेरै हो
मेरो यो घर, नेपाल छ र, कटेरो मेरै हो
शान्तिको दुत, बुद्धको जन्म, भुमि यो मेरै हो
हिडेको बाटो, जन्मेको माटो, यो भुमि मेरै हो

तपस्या गरि बसेको मेरो, हिमाल चुम्छु म
हृदय भरि लिएर मायाँ, नेपाल घुम्छु म
म यहाँ जन्में, यो देश मेरो, नेपाली आफैं म
नेपाल मेरो, हो प्यारो देश, यसैलाई रुङ्छु म
यसैलाई रुङ्छु म

Leave a Reply

Your email address will not be published. Required fields are marked *