Skip to content

चलिरहेछ चलिरहेछ (ब्यंग्य )


आउनुहोस ! आउनुहोस ! आउनुहोस !
सपरिवार आउनुहोस, सुनौलो रंगिन पर्दामा
मेरो देश चलिरहेछ मेरो देश बलिरहेछ
रक्तरंजित् पर्दाभित्र लूटको खेति चलिरहेछ
सस्पेन्ड थ्रिलर छ मेरो देशको कथा
रोमान्चक अनि दर्दनाक छ मेरो देशको कथा
आउनुहोस सपरिवार हेर्नुहोस
अपहरण को कथा बलात्कारको कथा
रंगिन सुनौलो पर्दामा भिड का साथ चलिरहेछ
मेरे देशको कथामा रंगिन पर्दाभित्र खलनायक मात्र छन्
देशको समस्यामा चर्चा गर्छन
विष्णुमतिका भुस्याहाले जस्तो सद्भाव राख्छन
अलिकति सस्पेन्ड छ अलिकति थ्रिलर छ
बिहान हिडेको दर्शक बेलुका नफर्कन सक्छ
त्यसैले चाडै टिकेट बुक गरिहाल्नुस
हाउसफुल का साथ चलिरहेछ
हिरक जयन्ति धेरै पहिले मनाईसक्यो
मेरो देशको कथा, रंगीन पर्दामा रक्त रञ्‍जित
थ्रिलर अनि सस्पेन्ड कथा भएको सुपर हिट चलचित्र चलिरहेछ
पात्रहरु चिरपरिचित छन्, दैनिक चर्चामा छन्
आउनुहोस हाउसफूलका साथ चलिरहेछ
अग्रिम टिकेट बूकिंग खुल्ला छ
ब्लेकमा पनि किन्न पाइन्छ
टिकट नपाए सित्तैमा पनि हेर्न पाइन्छ
मेरो देसको कथा सुनौलो पर्दामा
रक्त रन्जीत पर्दामा !!
========================================

Leave a Reply

Your email address will not be published. Required fields are marked *