Skip to content

आमा आँसु झार्छिन् होला

  • by


विदेश ग’को मेरो छोरो कस्को भाँडा माझ्दै होला
भन्दै आमा मझेरीमा बसिरँ’दै गर्छिन् होला ।

अरबको चर्को घाम कसो गरी सेक्छ भनी
मुटुभित्र गाँठो पारी भक्कानोमा पर्छिन् होला ।

गैरी खेतको मार्सी धान पल्लो गाउँको पाखोवारी
धितो राखी मुग्लान् लाग्यो भनी विलाप् गर्छिन् होला ।

नेपालकै जङ्गल पाखा चहारेर बस्या’ भए
हुन्थ्यो भनी आँखाबाट आँसु धेरै झार्छिन् होला ।

नेताहरू देश विकासका बाधक् भनी जानेर नै
आफ्नो भोट खेर गयो भन्दै दुख मान्छिन् होला ।

सक्छौ भने यो देशका नेता युवालाई यतै रोक्नू
भन्दै मुटु गाँठो पारी तिन्लाई गाली गर्छिन् होला ।

बिदेश गाको मेरो छोरा जस्तै सबै दुखी होलान्
खुशी राख्नु सबैलाई भनि ईश्वर भज्छिन् होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *