Skip to content


उनी अरुको अंगालोमा, मेरो अंगालो खाली
बाहिरी दुनियाँ फूल जस्तो, भित्री दुनियाँ जाली

फूललाई काँडाले बचाउँछ, चुमी जान्छ भँमरा
काँडाको पीडा कस्ले बुझ्छ, रोइरन्छ बिचरा
बनावटी माया लगाई निस्ठुरीले छली
बाहिरी दुनियाँ फूल जस्तो भित्री दुनियाँ जाली

बाँचेर के गर्नु दैव यो दुनियाँमा
जस्को लागि बाँच्न चाहेँ ऊ छैन साथमा
तारा गन्दै बसिरहेँ रात हो जुनेली
बाहिरी दुनियाँ फूल जस्तो, भित्री दुनियाँ जाली

प्रेमको मोल छैन, निष्ठुरीको गाउँमा
जहाँ काग कराउँछ, कोइलीको ठाउँमा
उकालीमा गुँरास फुल्यो, खाली रह्यो ओराली
बाहिरी दुनियाँ फूल जस्तो, भित्री दुनियाँ जाली ।

रविन्द्र कुमार मण्डल

Leave a Reply

Your email address will not be published. Required fields are marked *