Skip to content

अचानोको खुकुरीलाई

  • by


अचानोको खुकुरीलाई चोट के’था हुन्छ
छातीभित्र दुखिर’ने कत्ति बेथा हुन्छ

बर्षौ भयो खडेरीमा पानी नपरेको
छैन साँझ कल्पिएर आँशु नझरेको
फूलबाट रेटिनेको आफ्नै कथा हुन्छ
छातीभित्र दुखिर’ने कत्ति बेथा हुन्छ

मरेको हुँ भनुँ त म हेर्दा लाश हैन
बाँचेको छु भनुँ भने छाम्दा सास छैन
दोधार भै जीन्दगी न उता–यता हुन्छ
छाती भित्र दुखि’रने कत्ति बेथा हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *