Skip to content

सम्पन्न देशको कामना

  • by


हाम्रा राम्रा समतल भुमी, अन्न राम्रो फलाई,
दिन्छन् भोका जनहरुमहाँ, खान मीठो कमाई ।
हाम्रै सारा रनवन समेत्, लोभलाग्दो भिरालो,
जानौँ यै हो घर जडिबुटी, को पहाडी उकालो ।।

हामी रम्ने रविकिरणका, प्रात ज्योती उजाई,
सारै राम्रो हिमशिखरका, काख माथी उदाई ।
चम्क्यो लौ सूर्य पनि दिनहूँ, त्यै हिमाली धरामा,
ओहो हेरौँ कतिकति यहाँ, यै छ नेपाल आमा ।।

मान्छे नेपाल भुमितिरका, शान्त भन्ने विशेष,
फैल्यो चौतर्फ तर किन भो ! यो अशान्त­-देश ।
जस्को लागी ति सब जनता, शाषकै सम्म दोष,
नेता ती हुन् तर पनि भए ! दुष्टै, र भो देश-शेष ।।

हाकीम् यै देश दुहिरहने, कर्मचारी घुसाहा,
व्यापारीका मत मिलिगयो, देश लुट्ने अथाह ।
खोक्रो पारे झलमल सरी, चम्किलो देशलाई,
मान्छे मार्यौ गरिब नर, बाँकी नराखेर हाई ।।

हामी आजै अब मिलि बढौँ, देश बन्नेछ राम्रो,
वैरी देश्का अब त छिमलौँ, जो छ दूश्मन् ति हाम्रो ।
हाम्रै बगोस् रगतपसिना, देशका लागि आउ,
हामी राम्रो गरि अव त लौ, हात कस्दै समाउँ ।।

देश्का लागी शहिद सपना, जो सजाई मरे ती,
हामी छिट्टै ल अव त गरौँ, अन्यले लौ गरे नी ।
हाम्रा दूवै कर छन ति, आँखा र गोडा समेत,
उस्तै छन् कान बल अनि, त्यो बुद्धि-शाली विवेक ।।

हामी सारै पछि किन भयौँ, जानि जाऔँ अगाडी,
लाजै भो धेर अव नबसौँ, फेरि ज्यादा पछाडी ।
हाम्रो राष्ट्र विकसित बनी, भोलि जाओस् बढेरै,
आशा भो भन्न पनि त, अब देश सम्पन्न मेरै ।।

पानी दोस्रो निधिहरु समेत्, खात भो यो धरामै,
खोजी खोजी जुन धरतिमा, घुम्न पर्देश बाटै ।
जो स्वर्गैका सरि छ जसका, लागि मान्छे त आई,
घुम्छन् त्यै देश भन किन हो ? भाँड जस्तै त हाई ।।

पारौँ सम्पन्न मुलुक अहो, हामि जम्मै मिलेर,
लागौँ देश्का सबतिर गा का, आउ लाग्दैन बेर ।
बैरी जो छन् तिनकन यहाँ, छैन लौ वास खेद,
निर्माण् गर्नै अब त परिगो, कामना गर्नु देश ।।

(मन्दाक्रन्ता छन्द)
“चूडा निर्भीक”

Leave a Reply

Your email address will not be published. Required fields are marked *