Skip to content

मेरो मायामाथि सन्देह नगर

  • by


मेरो मायामाथि सन्देह नगर
म त जुनीजुनी तिमीसँगै हुन्छु
एकै थोपा आँसु तिमी रोए पनि
हजार आँसु रुँदै हजार मृत्यु मर्छु

आफ्नो भन्दा पनि तिम्रो माया गर्ने
सधैं सँगै बाँच्ने सँगसँगै मर्ने
जुन बाचा थिए ती टुटाएको छैन
पिरतीको वाचा वन्धन छुटाएको छैन

नपत्याए आफ्नै मुटुसँग सोध
म त त्यही ढुकढुकीमा हुन्छु
एकै थोपा आँसु तिमी रोए पनि
हजार आँसु रुँदै हजार मृत्यु मर्छु

साँच्चै भनुँ भने आफूसँग आफैं छैन
तिम्रा मिठा मुस्कानसँगै हुन्छु
एकै थोपा आँसु तिमी रोए पनि
हजार आँसु रुँदै हजार मृत्यु मर्छु

शब्द – नेत्र कोइराला
स्वर – रामकृष्ण ढकाल, साधना सरगम
संगीत – राजु सिंह
एल्बम – आगमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *