Skip to content

यसपाली त अबस्य नै

  • by


यसपाली त अबस्य नै मैले छुट्टी पाउँछु आमा
दशैं तिहार मनाउँन म नि उतै आउँछु आमा

हाम्रो घरलाई लिपी-पोती कमेरोले सिंगारौंला,
खरको छानो चुह्यो होला राम्रोसित छाउँछु आमा

आशिष थाप्दै टीका लाउँला सँगै बसी मीठो खाउँला,
खुशीहरू आफूसँगै पोको पारी ल्याउँछु आमा

बन्धकीको गैरी खेत नि निखन्नेछु अब छिट्टै,
साँवा ब्याज बुझाउन साहुको घरै धाउँछु आमा

दिदीलाई नि भन्दिनु है तिम्रो भाइ आउँछ भनी,
सप्तरंगी टीका लाउँछु देउसिरे नि गाउँछु आमा

यसपाली त अबस्य नै मैले छुट्टी पाउँछु आमा
दशैं तिहार मनाउन म नि उतै आउँछु आमा ।

नकुल थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *