Skip to content

रुपान्तरित चुहावट

  • by


गरिबी निवारणका लागि राज्यले गरिबहरूलाई राहत दिने निर्णय गर्यो । गाउँ, गाउँमा गरिबहरूको पहिचान गरियो ।

गरिबीको परिचय-पत्र शिक्षकहरूले पाए, पार्टीका कार्यकर्ताहरूले पाए, टाठाबाठा र बिल्डिङ घरवालाहरूले पाए । परिचय-पत्र सडक आसपासका हर्ताकर्ताहरूले पाए । पर, खोलाछेउमा बस्ने छाप्राका सुकुम्वासीहरू बेखबर भए ।

माथि, केन्द्रबाट हरेक गरिबका नाउमा एकमुरी घिउ पठाइयो । केन्द्रबाट क्षेत्रमा आएको एकमुरी घिउ जिल्लामा पुग्दा एकपाथी दही भएर पुग्यो । त्यो एक पाथी दही जिल्लाबाट गाउँमा एकमाना मही भएर पुग्यो । त्यो एकमाना मही गाउँबाट टोलमा पुग्दा एकमुठी पानी भएर पुग्यो । त्यही एकमुठी पानी परिचयपत्रधारी टाठाबाठाहरूले खोसाखोस गर्दै लिए ।

पर, खोलाछेउका छाप्रामा बस्ने सुकुम्वासीहरू हेरेका हेर्यै भए ।

रामविक्रम थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *