भित्र भित्रै आफै बल्छन तिम्रो प्रगति देखेर
कोही कोही यहाँ जल्छन तिम्रो प्रगति देखेर
छेपारोको भोलिवादले संक्रमित छन मान्छेहरू
रातसंगै फेरि ढल्छन तिम्रो प्रगति देखेर
तिमी फुल्यौ, फल्यौ पनि ईर्ष्या गर्ने धेरै भए
ईर्ष्यासँगै उनै गल्छन तिम्रो प्रगति देखेर
ऐना हेर्छन कुरुप देख्छन अनि कृतिमता दल्दै
फेरि आफैलाई छल्छन तिम्रो प्रगति देखेर
आन शान उस्तै देख्दा कालो बादल उडाउँदै
दुष्ट शकुनी चाल चल्छन तिम्रो प्रगति देखे