Skip to content


आज अब लाग्दै छु धनगढी तिर
कति सुन्दर बाटो छ डाँडा पाखा भीर

प्राकृतिक सौन्दर्यमा डडेलधुरा बोल्छ
प्राकृतिक सौन्दर्यमा बग्छ सुद्ध नीर

यात्रा गर्दा छुनु पर्ने हेर डोटी जिल्ला
सहयात्री अति राम्री ठोकिन गो शीर

मर्म उन्ले बुझदिइन् बस्यौं चुपचाप
प्रेम अन्धो बन्न गयो रोपे प्रेम झीर

मुढीन गो प्रेमझीर उनी चुप्प थिइन्
म त बन्न गए त्यहाँ नकचरो वीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *