Skip to content

दुई मुक्तक (मर्छे छोरी, टीका लाग्छ)

  • by


१)
पूर्ण आकर पाउनु अघि गर्भ भित्रै मर्छे छोरी
विना दोषै समाजको तिरस्कारले झर्छे छोरी
अँठ्याई घाँटी पुरुषत्व लिन्छ मुठ्ठी स्वास अनि
मृत्युपछि पनि बद्नामीको तक्मा भिर्छे छोरी

२)
सम्झनाका तरेलीमा तिमी बिन्दु टीका लाग्छ
वसन्तका रंग सबै तिमी बिना फिका लाग्छ
एउटै मुटु हो कि जस्तो लाग्छ दूर भए पनि
शुन्यस्पर्श पाउँछु जब घरि घरि हिक्का लाग्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *