बिहानीको सुनौलो किरण तिम्रो शीरमा पर्दा
तिम्रो प्रेमीले सुटुक्क सिन्दुर हालेझैँ लाग्छ
छिनमै फेरि बादलको घुम्टो भित्र देख्दा
तिमी त नव दुलही हौ झैँ लाग्छ
छिनमानै तिमी अदृश्य भएको देख्दा
शरम् मानी लुके झैँ लाग्छ
कतै तिम्रो अस्तित्वले मलाई गिज्याए झैँ
तै पनि तिम्रो अकृती हेरुँ हेरुँ लाग्छ
जति हेर्छु, त्यति लुकिदिन्छ्यौ
तिमी सधैँ भाग्नै मात्र खोज्ने
म सधैँ पछ्याउने मात्र
सधैँ तिमी लुक्दै गर्दा
लग्छ मलाई सम्मोहन गर्न खोज्छ्यौ
तिम्रो साथमा म पनि
बिहानीको लालीमासंगै
लुकामारी खेलौँ झैँ लाग्छ
तिमी संसारलाई लठ्याउन सक्ने
सुन्दरताकी मुर्ती
सारालाई भुलाउँन सक्छेउ
म भने तिमीलाई हेरेर टोलाउंने मात्र
एकाबिहानै अनि साँझमा पनि
तिमीले आफ्नो सौन्दर्य प्रदर्शन गर्दा
जाडाले कठ्याङ्ग्रिएका प्राणीहरु पनि
आफ्ना सुन्दर रुपमा निखार ल्याउछन्
सबैलाई बिह्वल बिह्वल पारिदिन्छन्
थकाइले लखतरान भएको म पनि
साँझमा तिमीलाई नै हर्नै गर्छु
सारा मानवलाई सम्मोहन गर्दै
आफ्नो रुपको प्रदर्शन गर्छ्येउ
सायद मान्छेलाई पुड्को देखेर होला
तिमी त हामीलाई घृणा गर्छ्यौ
तर यो त मानव हो
कुनैबेला तिम्रो थाप्लोमा टेक्न सक्छ
हो ! साँच्चै ! ! तिम्रो थाप्लोमा टेक्न सक्छ
२०३९।९।२१।४ वाना – ८ होक्से