Skip to content

दिदीको माया


आफ्नो आमाको गर्भबाट जन्मेको दिदी बहिनी नभएपछि जति नै अर्कालाई आफ्नो दिदी बहिनी बनाए पनि नहुने रहेछ । आफूलाई आफ्नो लागे पनि उनीहरूलाई आफ्नो नलाग्ने रहेछ । दिदी बहिनीको माया पाउनका लागि जति मरिमेटे पनि नपाइने रहेछ । यस्तै छ कथा, यस्तै छ ब्यथा दिदी बहिनी नहुनेहरूको ।

म पनि दिदी बहिनी नहुनेहरूभित्रको एक पात्र हु । मैले बनाए मन भित्रबाट एक जनालाई दिदी नाम त खुलाउन चाहन्न । उहाँको पनि मात्र एउटा भाइ थियो म थपिएँ, अर्को ।

उहाले मलाई भित्रैबाट भाइ मान्नु भयो या भएन त्यो त मलाई थाहा छैन । तर मैले उहाँलाई भित्रैबाट दिदी मानेको थिए । तर उहाँले देखाउनु भएको ब्यवहारबाट मलाई उहाँले भाइ मान्नुहुन्छ भन्ने लाग्थ्यो । मैले सानामा न आमाको न बाबाको मायाको अनुभव गर्न पाएकै थिए । म हजुरबुबा हजुरआमासँग बसेको थिए । एस् एल् सी पास गरेपछि मात्र म बुबासँग बसेको थिएँ । त्यही भएर पनि मलाई दिदीले देखाउनु भएको ब्यवहारबाट मलाई धेरै माया गरेको जस्तो लाग्थ्यो ।

दिदी र म एउटै अफिसमा काम गर्थ्यौ, दिदी पार्ट टाइम काम गर्नु हुन्थ्यो भने म फुल-टाइम काम गर्थे । त्यही भएर थोरै मात्र भेट हुन्थ्यो । दिदी र म यति धेरै नजिक थियौ कि हामी दुई एक अर्काका सबै कुरा बाँड्ने गर्थ्यौँ ।

यस्तै रीतले दिनहरू अघि बढिरहेका थिए । दिदीलाई ठुलै समस्या पर्यो, म समस्या त यहाँ उल्लेख गर्न सक्दिन किनकि उहाँको पारिवारिक समस्या थियो । यतिसम्म कि उहाँहरू डेरा लिएर बस्नु पर्ने भयो । उहाँ, उहाँको श्रीमान र उहाँकी सानी छोरी । त्यो पल सायद मैले बिर्सन्न होला धेरै रुनु भएको थियो दिदी, मैले पनि केही गर्न सक्दैनथे किनकि त्यति बेला दिदीलाई धेरै पैसाको खाँचो थियो । मेरो तलब आउँथ्यो ४७०० रुपैया । यो पैसाले मेरो पकेट खर्चसम्म पुग्दैनथ्यो । कसरी मैले दिदीलाई सहयोग गर्न सक्थेँ ? केही गर्न सकिन त्यो पल । त्यो पलसम्म पैसा केही होइन भन्ने मान्छे म त्यो पलदेखि पैसा केही हो भन्न थालेँ ।

यस्तै गरी दिनहरू त बित्दै गए । दिदीको दुखहरू पनि बिस्तारै दिदीकै मेहनतले पार हुदै गए । अहिले त दिदीको राम्रो छ । म पनि केही गर्न सक्ने भा’को छु । तर बिस्तारै दिदीको माया पाउन छाडेको छु । मसँग छ अहिले सबै थोक तर छैन दिदीको माया । खै थाहा छैन किन मदेखि टाढिन खोज्दै हुनुहुन्छ । मैले केही गरे जस्तो त लाग्दैन यदि केही गरेको रहेछु भने माफी चाहन्छु दिदी । सायद आफ्नै दिदी भएको भए धेरै माया अनि सधै माया पाउथे होला । त्यही दिदी नभएर एकान्तमा आँशुले पनि ठाउ पाउँछ ।

अर्को जन्ममा तपाइको भाइ बनेर जन्मन पाउँ यही प्राथना गर्छु ती भगवानसँग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *