Skip to content

कठैबरा गरिबको मन जलाउने दशैँ


कठैबरा गरिबको तन जलाउने दशैँ
बल्झिएर पीडाहरू मन जलाउने दशैँ

हात मुख जोड्नलाई चारोपानी छैन यहाँ
गरिबको चुसिएको धन जलाउने दशैँ

नयाँ नाना खोइ त भन्दै रुन्छन् छोराछोरी
मुटु भित्र आगो दन्-दन् जलाउने दशैँ

घरको यादले धुरुधुरु रुन्छ मेरो मन
सम्झेर मुटु यो झन्झन् जलाउने दशैँ

खुसियाली चारैतिर छैन मेरै आँगनीमा
प्रदेशमा हुँदा एक्लोपन जलाउने दशैँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *