Skip to content

बिज के रोप्यौ आखिर

  • by


बिज के रोप्यौ आखिर फल त्यही नै फल्दछ
सल्केको झिल्को थप्दछौ घिउ दन्दनी बल्दछ

यस्तो हो आगो न आफ्नो भन्छ न पराई भन्दछ
दन्दनी बल्छ जब त्यो आगो संसारै जल्दछ

शक्तीिछ हातमा घमण्डी बन्छौ जित्न नै खोज्दछौ
ए मुर्ख सुन ! नियमबाट यो सृष्टि चल्दछ

हेर्दामा ठूलो त्यो वृक्ष देख्छु खोक्रो पो रहेछ
धमिरा लाग्या वृक्ष त्यो आफै पक्कै नै ढल्दछ

तिमीले खोज्यौ खुसी त्यो गर्न आँखा यो छलेर
नबिर्स तिमी छलियालाई भाग्यले छल्दछ

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *