Skip to content


जून झैं शीतलु घाम झैं पारिलो
जहाँ जाऊ तिमी,
दाइने चन्द्रमा परोस्
शान्ति
दूवो जस्तै फैलिंदै जाऊ
पाती जस्तै मल्किंदै जाऊ
वर पीपल झैं मेरो
देउरालीमा छाउन आऊ

दिन छँदै बादलुले, हिमाललाई छेके के भो
आखिर भोलि, उजेली त हुनु छँदैछ
मन बाझ्ने कुराहरु, आपसमा धेरै होलान्
आफ्नै सम्झी, बिर्सी दिनु
चुपचाप आवाज छन्

मिर्मिरेमा निस्के जस्तै, दिनभरि कर्म गर्दै
ससाँझ घर फिर्न पाऊँ
तिमी हामी मरेर गए नि
यो देश सधैं रहिरहोस्

शब्द, संगीत – नेपथ्य
स्वर – अमृत गुरुङ (नेपथ्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *