Skip to content

पराया भएपछि


बोल्न काँह सक्छु र म
बिना कारण गाली गरेपछि ।
सहेरनै बस्नुपर्ने भो
आफ्नो ठान्थे पराया भएपछि ।

खाली लग्यो मनको कोठा
उनले भव्य महलमा सरेपछि ।
रोज्दा काँह पाईँदो रहेछ
उस्को दिलमा अरूनै बसेपछि ।

सजाउन मैले खोजेको थिए
नसकिदो रहेछ काँडा भई घोचेपछि ।
जिउँदो लासझैं जिउनुपर्ने
आशाको केन्द्रमा तुसारोपात भएपछि ।

सनम गोले
मकवानपुर हाल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *