Skip to content

नशालु आँखा झुल्दै गए
दुई मुटु ती फुल्दै गए ||

गोधूँली साँझ टरेपछि
दुबैले सिमा भुल्दै गए ||

जूनले किरण छरेपछि
बदामे ओठ घुल्दै गए ||

उनी नै अघि सरेपछि
हातहरु शिखर डुल्दै गए ||

सूर्यले प्रभात डाक्नु अघि
चोलीका तुना खुल्दै गए ||

…२४ आश्विन, २०६९, विराटनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *