Skip to content


भत्केको घर छाएर हेर
प्यासमा खोली धाएर हेर

मृत्यु शैय्या पुगेको बखत
अमृतको स्वाद खाएर हेर

विरहले दिल दुखेछ भने
सङ्गीतको धून गाएर हेर

संगीले कुरा काट्नुअघि
अल्लारे जोवन दाएर हेर

भाग्यले हामी भेटेको बेला
मैसँग माया लाएर हेर

… २२ भाद्र, २०६९, विराटनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *