Skip to content

खै के भयो त्यति बेला


बोट सुक्यो तिमी बिना कोपिला नि चिम्रिन्दै छन्
आउ न प्रिया पिरतीको फूल अब गोडिदेउ

खै के भयो त्यति बेला मैले पनि बुझिनकी
आजै देखि तिमी हामी बीचको पर्खाल तोडिदेउ

समयले अप्ठ्यारोमा पारेकोथ्यो त्यतिबेला
जे जे भयो पहिलेको कुरा अब छोडिदेउ

अँझै पनि तिमी मेरो मन् मिस्तिस्क भित्र छेउ
समयलाई उछिनेर रिसको कालो फोरिदेउ

बुझ्ने कोशिश् तिमीलेनी गरेनौनी कहीले पनि
लौन अब कथा हाम्रो माया पट्टी मोडिदेउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *