बेबारिसे बादल म त थात थलो नसोध है
हावासँगै हिन्नु पर्छ यता उता भौतारिँदै
थकाइ मारूँ एक्कै छिन दृश्य छोप्ने बात लाउँछन
पक्षपाती जात मान्छे परेलीको गीत गाउँछन्
आज तिम्रो बस्तीमा छु,कहाँ पुग्छु भोलि त खै
हावासँगै हिन्नु पर्छ यता उता भौतारिँदै
पहराले छेक्दा बाटो रुन्छु जब आँसु झारी
बसन्तको बैंश चढ्छ जताततै धर्तीभरि
रंग मेरो सापटी हो, स्थायी आकार छैन कुनै
हावासँगै हिन्नु पर्छ यता उता भौतारिँदै