Skip to content

यो मन त बैरागी भो कसको लिउँ नाम !!


यो मन त बैरागी भो कसको लिउँ नाम
कृष्ण कृष्ण राम राम लिएँ तिम्रो नाम
राधा विना कृष्ण हुन्न सीता विना राम
राम राम कृष्ण कृष्ण लिएँ तिम्रो नाम
खाली हात आयौं हामी खाली हात जान्छौ
तिम्रो कृपा जन्म पायौं नाम जप्न पाउँ
यो मन त बैरागी भो कसको लिउँ नाम

कृष्ण कृष्ण राम राम लिउँ तिम्रो नाम
राधा विना कृष्ण हुन्न सीता विना राम
कृष्ण तिमी श्याम तिमी रघुबंशी राम
राधा कृष्ण सीता राम लिएँ तिम्रो नाम
यो मन त बैरागी भो कसको लिउँ नाम

तिमी ज्ञान तिमी गुण भवसागर तिमी
तिमी केवट तिमी सुदामा कृपाधारी तिमी
प्रेमको प्रसाद बाँडी सबै मन जित्यौ
दुष्ट हरुको दहन गरी संसार सुखी पार्यौ
हे कृष्ण ! हे कृष्ण ! राधे घनश्याम
हे राम ! हे राम ! सीते सिताराम !

आदर्श हे ! पुरुषोत्तम जय श्री राम
बैरागी यो मन भित्र लिएँ तिम्रो नाम
रुप तिम्रो दर्शन पाउ बंशी वाला श्याम
राधा कृष्ण सीता राम लिएँ तिम्रो नाम
यो मन त बैरागी भो कसको लिउँ नाम !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *