Skip to content


अन्न छैन भकारीमा जुटाउनु छ दशैँ मान्न
उध्रिएको लुगा फाटो खुटाउनु छ दशैँ मान्न

बर्षभरि आँटो पिठो सधै नमिठो खाए पनि
काँचै काटी घैया धान कुटाउनु छ दशैँ मान्न

श्रीमतीले माग्न थाली रहर गरी टीका मुन्द्रा
बन्धकीमा राखेको थे छुटाउनु छ दशैँ मान्न

चिची पाप भन्थे छोरी रुन्छन होला नदिए त
छ कि पैसा खुत्रुकेमा फुटाउनु छ दशैँ मान्न

जिम्मेवारी पुरा गर्दै सक्या छुइन ठाडो हुन
कर्तब्यले झुकेको शिर उठाउनु छ दशैं मान्न

जीतु खड्का (गाउले)
मोरंग उर्लाबारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *