Skip to content


यसपाली नि मैले आमा टीका थाप्न आउन पाइन
घरमा पानि चुदै होला टिनको छानो छाउन पाइन
ओइलाएका रहरहरू आसा हुन्छ पलाउने
यसपाली नि बाढी चल्यो मेरै मन गलाउने

सबको आउने दसैं आमा हाम्रो घरमा छैन होला
सातै दिनको जमराको बास पनि छैन होला
मन दुख्ला भारि होला अरूलाइ देखेपछि
अर्को साल पक्कै आउछु दशैं खर्च पुगेपछि

निम्सरोमा पहिरो जस्तै मलाई यता भएको छ
सपनाको महल मेरो बालुवा झैँ भएको छ
पक्कै आमा बिहानी छ भोलि हास्ने दशैंहरू
हाम्रो पनि पालो आउछ टीका थाप्ने दशैंहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *