मन्दिरमा छ कि मूर्तिमा माया
पत्थरमा छ कि धूलोमा माया
कोही त देखाऊ कोही त बताऊ
खै कहाँ छ कहाँ? कहाँ छ माया?
मन्दिरमा छ कि मूर्तिमा माया
पत्थरमा छ कि धूलोमा माया
कोही त देखाऊ कोही त बताऊ
खै कहाँ छ कहाँ? कहाँ छ माया?
एक अंजुली मायाको लागि
पलपल हृदय चर्कन्छ
साउन र भदौ बनेर आँखा
वर्षौं वर्षा वर्षन्छ
हाँसोमा छ कि आँसुमा माया
फूलमा छ कि काँडामा माया
कोही देखाऊ कोही त बताऊ
खै कहाँ छ कहाँ? कहाँ छ माया?
एउटी आमा जिउँदै जल्छे
छोराको माया ममतामा
एउटा छोरो मरेर बाँच्छ
आमाको सपना विपनामा
रगतमा छ कि नातामा माया
विश्वासमा छ कि बाचामा माया
कोही त देखाऊ कोही त बताऊ
खै कहाँ छ कहाँ? कहाँ छ माया?
शब्द – किरण खरेल
स्वर – नारायण गोपाल
संगीत – सम्भुजित बासकोटा
चलचित्र – माया