Skip to content

यसपालीको दशैँमा


यसपालीको दशैँमा पनि आउन पाइन आमा
तिम्रो हातको टीका जमरा लाउन पाइन आमा ।

जय देवी भैरबी गोरखनाथ हे दर्शन लेउ
यो दशैँको मलसिरी मैले गाउन पाइन आमा ।

छोरो आएन दशैँमा भनी मन दुखी पारौ होला
आसु नझार्नु सँगै दशैँ मनाउन पाइन आमा ।

गत साल रमाएथ्यौ सबै परिवार सँगै बसी
यसपाली तिम्रो मुहार हसाउन पाइन आमा ।

आउने जाने पाहुना कसरी टार्छौ दशैँ तिमीले
बिडम्बना दशैँको खर्च पठाउन पाइन आमा ।।

प्रेम प्रसाद भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *