Skip to content

दुई मुक्तक (देश हाम्रो भयो खोक्रो,यो कहर कस्तो )

देश हाम्रो भयो खोक्रो जनताले बुझेनन् ।
गुद्धी बिनाको मात्र बोक्रो जनताले बुझेनन् ।
छैन सु–सासन नियम कानुन मिच्चे सबैले,
भष्ट्रचारीले भरे धोक्रो जनताले बुझेनन् ।

बिवस्थामा बाँच्दैछ मान्छे यो कहर कस्तो ।
दाजुले नै भाई मार्दैछ त्यो जहर कस्तो ।
कालो बजारी र मुल्यवृद्धि मात्रै देख्छु जहिँतहिँ,
झनझन गरिबी बढ्दैछ यहाँ यो सहर कस्तो ।…… दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *