Skip to content

यो कर्मभूमिको आँगनमा

  • by


यो कर्मभूमिको आँगनमा
कर्मको उदाहरण प्रस्तुत गरेर देखाऔं
यहाँको धरती बाँझो छैन
विकासको फूल फुलाऔं

विश्वास गर्छन् यहाँका मानिसहरु
शब्दमा होइन कर्ममा
विकासको लहर पुर्याउनु छ
शहरमा होइन गाउँमा
यो शान्तिक्षेत्रको आँगनमा
शान्तिको उदाहरण प्रस्तुत गरेर देखाऔं
यहाँको धरती बाँझो छैन
विकासको फूल फुलाऔं

निर्माण गर्ने अपार शक्ति छ
हामी नेपालीका पाखुरीमा
देशभक्ति दौडिरहन्छ
यही रगतको थोपामा
यो पूण्यभूमिको आँगनमा
धर्मको उदाहरण प्रस्तुत गरेर देखाऔं
यहाँको धरती बाँझो छैन
विकासको फूल फुलाऔं

स्वर – दीपक खरेल
संगीत – सम्भुजित बासकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *