Skip to content

साँच्चै दिनसँगै उमेर

  • by


साँच्चै दिनसँगै उमेर ढल्दै गइरहेको छ
खरानी हुन उमेर बल्दै गइरहेको छ

आज भन्दा भोलि भन्दा बितिसक्यो समय
समयसंगै मान्छे गल्दै गइरहेको छ

शिशु, बालक्, युवा, प्रौढ, वृद्ध अनि मृत्यु
मृत्युले हाम्रो आँखा छल्दै गइरहेको छ

जीवन के हो प्रश्नसंगै रहस्यको खात लाग्छ
‘बिना’अर्थ जीवन यो चल्दै गइरहेको छ

बिना तामाङ’सुनगाभा’

Leave a Reply

Your email address will not be published. Required fields are marked *