Skip to content


पटक-पटक मृत्यु बाँचेको म
मलाई केही पनि असजिलो छैन
ढाँट्नलाई
र,
म चिच्याई-चिच्याई भनिरहन्छु
जतिसुकै चित्त नबुझे पनि आफूलाई
म हजुरको प्रशंसामा लेखिरहन्छु
महोदय
हजुर महान् हुनुहुन्छ
हजुर हाम्रो सान हुनुहुन्छ ।
एक छाकका लागि
एक बोतलका लागि
एक पदका लागि
एक घरका लागि
एक शरीरका लागि
एक छिनका लागि
एक दिनका लागि
एक चुनावका लागि
एक बैठकका लागि
एक जीवनका लागि
सग्लो खुट्टा काटेर
बैसाखी टेक्दै आएँ
म आज पनि आफैँलाई ढाँटिदिन्छु
महोदय
हजुर महान् हुनुहुन्छ ।

नेपाल साप्ताहिक
अंक: ५१८
२०६९ कार्तिक ५
Oct 21, 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *