Skip to content

परदेशीलाई धुरु धुरु रुवाएर गयो दशैं


परदेशीलाई धुरु धुरु रुवाएर गयो दशैं
घर सम्झी आँशु मात्रै चुहाएर गयो दशैं

अर्चना र पूजा आजा टीका टाला भन्दै
सजाएका सपनाहरू तुहाएर गयो दशैं

जसरी नि रीति रिवाज चाड मान्नु पर्दा
नहुनेलाई ऋणैऋणमा डुवाएर गयो दशैं

जमे होलान जुवा ताश खाल कति कति
हुनेहरूलाई मीठैमीठो खुवाएर गयो दशैं

दाजुभाइ सङ्गाती र आफन्तलाई भेट्न
सङ्गालेका इक्षा सबै कुहाएर गयो दशैं

कोमल भट्ट,काठमाडौँ
हाल :- न्युयोर्क, अमेरिका

धन्यबाद !!

1 thought on “परदेशीलाई धुरु धुरु रुवाएर गयो दशैं”

  1. प्रिय मझेरी डट कम परिवार
    मेरो

    प्रिय मझेरी डट कम परिवार
    मेरो गज़ल प्रकाशित गरिदिनु भएकोमा हार्दिक आभार सहित धन्यबाद ब्यक्त गर्दछु l उत्तरोत्तर प्रगतिको कामना छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *