Skip to content

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, अप्टोबर)

  • by


आचार्य प्रभा/ डेन्भर (कोलोराडो )
अक्टोबर २९, २०१२

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा गरिने नियमित साहित्य संगम कवि गोष्टी कार्यक्रम यही अक्टोबर २७ तारिख शनिबारको दिन अनेसासका केन्द्रीय महासचिव तथा कोलोराडो च्याप्टरका अध्यक्ष श्रीपदम विश्वकर्माको निवासमा सफलता पुर्वक सम्पन्न भयो ।

कार्यक्रममा बरिष्ठ गजलकार तथा कथाकार मनु ब्राजाकीज्युको उपस्थिति रहेको थियो ।

दशैको ब्यस्तता बावजुद पनि कोलोराडोबासी नेपाली साहित्यप्रेमीहरूले आफ्नो नियमित कार्यक्रमलाई बडो साहित्यमय तथा उत्साहपुर्वक ढंगले अध्यक्ष पदम विश्वकर्माज्युको पदावधिको अन्तिम कविगोष्टीको रूपमा सम्पन्न गरे ।

उक्त कवि गोष्टीमा सधैं झैं उत्साही साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो । आ-आफ्ना रचनाहरू बाचन गर्ने क्रममा मनु ब्राजाकी, ज्ञानेन्द्र गदाल, पदम विश्वकर्मा, केशब आचार्य, कपिल सुबेदी, भुपेन्द्र महत, डा.बिजय राज शर्मा, प्रमिला शर्मा, आचार्य प्रभा, साबु गदाल, बासु शर्मा, पवन विश्वाकर्मा, प्रस्तुत विश्वकर्मा, राजु सिटौला हुनुहुन्थ्यो ।

त्यसै गरी कविता श्रवण गर्नुहुनेहरूमा कमला विश्वकर्मा, सुजिता गौतम, कृष्णप्रसाद अधिकारी, इनु महत, शाश्वत पौडेल, रबि कार्की र भूमिका शर्मा हुनुहुन्थ्यो ।

कार्यक्रमको अन्तिममा अध्यक्षज्युले सबैलाई स-धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो । र, मीठो भोजन र जलपानको आयोजना पनि श्रीमती कमला विश्वकर्माले गर्नु भएको थियो ।

यसरी यो दुई बर्षे कार्यावधिभरिको कार्यक्रम अनेसास कोलोराडो च्याप्टरले नियमित रूपमा र साहित्यिक बातावरणमा सम्पन्न गर्न सफल रह्यो ।

सबै साहित्यप्रेमीहरूले यो दुईबर्षे कार्यकाललाई सकारात्मक रूपमा हेरको पनि प्रष्ट रहेको छ र यो कार्यकालका अध्यक्ष सहित कार्यकारिणी समितिका सम्पूर्ण पदाधिकारीहरूलाई सम्पूर्ण कोलोराडोबासी साहित्यप्रेमीहरूले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *