म आएँ तिम्रो आँगनमा
खुसीका आशाहरू लिएर
सुखद अवसरहरूको बिटो बोकेर
म आउँदा कमेरो र रातोमाटोले घर सिंगार्यौ
बाजा गाजा बजायौ फूलपाती भित्रायौ
चण्डी पाठहरू प्रत्येक थानहरूमा
रहरहरू बोकेर ढोल बजायौ
लिंगे पिंगहरूसँग मितेरी लगायौ
नया नाना अनि शुभकामनाका गीत गायौ
सद्भावको कुरा गर्यौ आशीर्वादका कुरा गर्यौ
यो दशैंको सुमधुरतामा कहिले कहीं
निरिहको बलिमा महान सम्झेयौ आफूलाई
बोकाका बलिले रगत रित्यायौ
आफ्नो खुसीमा आफ्नो खुसीमा
छोरो परदेशबाट न आउदा
रुन्चे अनुहारसँग निरीहता जो देखायौ
लाचारी त्यो अनि आदर्शका कुरामा
आशिर्वादहरूको नबुझिने गुजुल्टो
जमरासँग निधारमा धेरै पटक गुन्गुनायौ
अब तिम्रो आडम्बरको त्यो विजया होइन
आडम्बर र रगतको दशैं होइन
सद्भावको दशैं मनाउन
प्रत्येक बर्ष खुसी बाँड्न आउँला
ए सुन त …
मैले रगत मागेको छैन
मैले तिमो ल्याकतभन्दा माथि मागेको छैन
ऋण बोकेर मेरो उत्सव मैले मागेको छैन
तिम्रो आडम्बरमा मलाई बद्नाम नगर
म त आदर्शको दशैं हो
तिम्रो मिलनको दशैं हो
खुसी को दशैं हो
मिलन पुनर्मिलनको दशैं हो
आयो दशैं ढोल बजाई गयो दशैं ऋण बोकाई ……
मेरो नाम बद्नाम नगर
भो अब मेरो बद्नाम नगर
अब मेरो बद्नाम नगर
रित्तिएको छैन आशाको दिपज्योतिको तेल
हराएको छैन सद्भाव अनि यो मिलनको खेल
उर्लिएर आउछ झन् दशैं मा यो मायाको भेल
त्यसैले त्यसैले प्रत्येक सम्बन्धको मिलनको
प्रत्येक दशैंको जमरा बोकेर निधारमा
आशिर्वादहरु को सुमधुरताले अर्को दशैं पर्खन्छ
बुढी आमाको आशामा पर्देसिएको भविष्य
सद्भाव र प्रेमको भविष्य
मिठो सपना बोकेर
===============