Skip to content

म त कस्तो कस्तो भएँ

  • by


म त कस्तो कस्तो भएँ धेरै सस्तो भएँ
निर्मोहीको पिरतीले गर्दा यस्तो भएँ

साँझ मन रोईदिन्छ जून गनी-गनी
बढ्छ याद झनझनी बिर्सुँ भन्दा पनि
सम्झनाले दिन दिनै कस्तो कस्तो भएँ
निर्मोहीको पिरतीले गर्दा यस्तो भएँ

कोपिलामा झरेपछि मनका चाहना
आँखाभरि सजाएका हजार सपना
कर्कलामा तप्किएको पानी जस्तो भएँ
निर्मोहीको पिरतीले गर्दा यस्तो भएँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *