Skip to content


“सृजनजी ! तिम्रो डुब्लिकेट न्युज भन्दै छन् टेलिभिजनमा”, टेलिभिजन च्यानलको नाम सहित मैले म्यासेज पठाएँ । ” ए हो र, मजस्तै हा हा ।” उसले तत्कालै म्यासेज रिप्लाई गर्‍यो ।

भोलिपल्ट धरहरा मुन्तिर मेसिनबाट बुनिएको सालको पातकोे सानो टपरीमा प|mेन्च प|mाई खाँदै थियौँ हामी । चम्चा वा काँटाको सट्टा दाउराको टुक्रो अर्थात कलात्मक झिक्रो थियो । बङ्गाली केटोले मेरो कविता अनुवाद गरिदिएको छ, ‘हेर्छौ’, भन्दै मैले कविता देखाएँ । कविता अङ्ग्रेजी र नेपाली दुवै भाषामा थियो । सृजनले झोला टेबुलमाथि राख्यो । अनि खै के भन्यो । मैले उसको कुराको वस्ता गरिँन । ‘अँ हिजो मेरो डुव्लिकेट भन्थिस् नि त्यो न्युज रिडर ।’ उसले आफैँ टपिक चेन्ज गर्‍यो । “हो त नि तिमीजस्तै लाग्छ मलाई त । तिम्रोजस्तै चस्मा, तिम्रो जस्तै मध्यम उचाई, अनि तिमीजस्तै गरी बोल्ने र पत्रकार पनि ।”

-“हो र अब याद गर्छु नि है । ”

“हिजो म्यासेज पठाउँदा हेरेनौँ ।”

-“अहँ त्यतिखेरसम्म अफिसमै थिएँ म त । फोटो इडिट गर्नु पर्ने थियो ।”

“खुब् सोध्छ राकेशले तँलाई । उसको रिपोर्टिङ्ग अर्को शुक्रबार कोसँग छ, भन्दै थियो । मैले मसँग छ भनिँन पल्लवीसँग भनिदिएँ ।” “अँ म पनि पि्रन्ट मिडियाबाट इलेक्ट्रोनिक मिडियामा जाँदैछु नि । शायद एक डेढ महिना पछि काम शुरु हुन्छ । भर्खरै खुलेको टेलिभिजनमा । रिपोर्टर प्लस न्युज रिडर, दुवैको काम गर्नु पर्छ ।”, उसले थप्यो । मैले ‘ए Û हो’ भनेँ । मेरो मोबाइल बज्न थाल्यो । मोबाइल उठाउँदा परिचित स्वर थियो । पल्लवी बोलिरहेकी थिई । सल्सा डान्स पार्टी छ रे कुन्नि कुन ठाउँमा, ल्याटिन अमेरिकन डान्स, अपि|mकन म्युजिक मेलोडिमा हुन्छ भन्थी । आजको उसको रिपोर्टिङ्ग पनि मैले गरिदिनु पर्ने रे । कम्ती दुःख दिँदैनन् यी केटीहरू मलाई ।

आज क्यामराले राम्रो काम दिएन । ब्याट्री डाउन भएको छ । खिचेको फोटो पनि आउने हो वा होइन । सृजनलाई बाई भनिँदिएँ । अब पल्लवीको काम गरिदिनु छ मैले । निकितालाई फोन गरेँ । दश मिनेटमै आइपुगी ऊ । त्यसको एक डेढ घण्टा पछि हामी कफी सपमा थियौँ । घण्टाघर भन्दा केही पर, जमलको भिडभाडयुक्त सिनेमा हलनेरी । कफी सपमा पुग्नु हुनसक्छ सुनियोजित षड्यन्त्र थियो मेरो । आˆना पुस्ताका लेखक साथीहरूसँग भेट्नु । ब्यागमा दुईवटा पुस्तक थिए ‘निरो बाँसुरी बजाइरहेछ’ र अर्को ‘पल्लसा क्याफे’ । मोबाइल फेरि बज्यो । रबिनको फोन रहेछ । उसले भन्यो, “अनलाइन पत्रिकामा मोडल सिरिजमा तिम्रो फोटो राखौँ न । भोलि बाह्र बजे क्यामराम्यानलाई भेट्नु, सिम्पल प्यान्ट-टिसर्टमा आए हुन्छ । अथवा ड्रेस अप चुज गर्दा पनि हुन्छ ।” साथीहरू मलाई पनि ग्ल्यामरको दुनियाँमा प्रवेश गराउन चाहन्छन् । कस्मेटिकस्को प्रयोगले म ‘श्रेया’ बाट सुन्दरी बन्नेछु । म यसलाई नराम्रो मान्दिन । तै पनि खै ………..। आ-आˆना मान्यता र रुचिहरू हुँदारहेछन् । महत्वकाङ्क्षा हुँँदोरहेछ । समयअनुसार ती परिवर्तन हुन सक्छन् र नहुन पनि सक्छन् ।

रोजिरोटीका लागि पत्रकारिताको जागिर खाएकी छु । दिउँसभरी घुमिन्छ र साँझसम्म दुईवटा फिचरवाला रिपोर्ट बुझाइसक्नुपर्छ । अरू दिन एक्लै भएपनि शुक्रवारको आधा दिन र शनिवारको पूरा दिन रिपोर्टिङ्गमा उनीहरूसँगै हुन्छु म । सृजन, राकेश, निकिता, पल्लवी वा रबिनसँग ।

एउटी आईमाई बाटोमा फूल बेचिरहेकी थिई । नजिकै नरीवल बेच्न बसेको दुब्लो कालो मानिस देखियो । गिलासमा हालेर हामीले नरीवलको पानी पियौँ । सृजनले मलाई हेर्यो र भन्यो, “हेर् न श्रेया Û बहिनीले फोन नगरेको नि धेरै भयो । अनलाइनमा पनि आउँदिन हिजोआज । परीक्षा बिगारिकी क्या हो ? मम्मी त्यसै चिन्ता गर्नुहुन्छ । होस्टलमा फोन गर्दा परीक्षामा हुनुहुन्छ, केही म्यासेज भए छोडिदिनु भनिन्छ ।” उसको तनावग्रस्त अनुहार, पुलुक्क हेरेँ तर केही बोलिँन ।

सिधा बाटो निकैबेर हिँड्यौँ हामी । सृजन मलाई हेरेर मुसुमुसु हाँस्यो । “किन हाँस्यौ ?”, मैले सोधेँ । “बाटोमा पानीपुरी भेटिएन भनेर सम्झेको ।” “थाहा छ, अर्कै कुरा सोचेर हास्यौ तिमी ?” हो…के…. मैले लेग्रो तान्दै भनेँ । “आज हामीले इन्टरभ्यु लिएको मान्छेले कस्तरी बोल्यो ।” “जसरी बोले पनि ठिकै कुरा बोल्यो ।” मैले प्रतिवाद गरेँ । “त्यो न्युज रिडर मजस्तै हा Û हा । आज ऐना हेर्दा ऊ र म उस्तैउस्तै लाग्यो । अनुहार अलि फरक छ नभए उस्तै” ऊ फेरि हाँस्यो । “चिनेकी छस् उसलाई ?”, उसले भन्यो । “किन नचिन्नु, तिमीलाई भन्दा बढी ।” मैले छोटो जवाफ फर्काएँ ।

सृजन पनि समाचारवाचकको रुपमा टेलिभिजनमा जाँदै थियो । कुनै ठूलो कुरो होइन तर पि्रन्ट मिडियाबाट इलेक्ट्रोनिक मिडियामा जाँदा केही दिन असजिलो महसुस होला प्रविधिको कारणले । नयाँ साथीहरूसँग घुलमिल हुन समय लाग्ला । हामीसँग बिताएका क्षणहरू सम्झनामा आउला । यो मेरो अनुमान थियो । हामीले बसपार्क नजिकैबाट माइक्रो समात्यौं । निश्चित गन्तब्यमा आएर ओर्लियौँ । म भर्याङ्ग उक्लिएँ । अफिस कोठामा छिरेँ र कम्प्युटर अन गरेँ । अगाडिको कम्प्युटरमा निकिता र रबिन पनि थिए । मैले हतारहतार न्युज बनाएँ । डिजिटल क्यामराबाट कम्प्युटरमा फोटो ट्रान्सफर गरेँ । डेक्सटपमा श्रेया नामको फोल्डर बनाएँ । मिति राखेँ । न्युज र फोटो त्यही फोल्डरभित्र सेभ गरिदिएँ । याहु म्यासेन्जर खोलेँ । संयोगबस् दीपा अनलाइनमा रहिछे । दीपा अर्थात् सृजनकी बहिनी । स्कुलमा सँगै पढ्थ्यौं हामी – सृजनले एस. एल.सी. दिँदा पाँच कक्षामा ।

बाल्यकालका स्मृतिहरू मेरो अगाडि आए, ठूलो साईकल चलाउन खोज्दा नराम्रो सँग सृजनले मेरो कान निमोठेको थियो । पछि चहुरमा लगेर दीपा र मलाई सँगै साइकल चलाउन सिकाएको थियो । लुकीलुकी बाटोमा बेच्न राखेका खुल्ला खानेकुरा किन्थ्यौँ हामी । ऊ गाली गथ्र्यो । परीक्षाको समयमा दीपा र मलाई सँगै राखेर एक-डेढ घण्टा पढाउँथ्यो । ‘पानी’ खाने निउँले हामी पालैपालो भान्सामा जान्थ्यौं । त्यसपछि सल्लाह गरेर खेल्न दौडिन्थ्यौँ । पानी पिएर पढ्न आउँछौंं भनेर ऊ घण्टौँ कुरिरहन्थ्यो । हामी उसलाई छक्काउन पाएकोमा मख्ख हुन्थ्यौँ । रुख चढेर बाँदरजस्तै झुण्डिन्थ्यौँ । ऊ लौरो बोकेर तल बस्थ्यो र ओर्लिन भन्थ्यो । प्रत्येक तिहारमा आˆना दाजुभाईलाई टीका सक्काएर उसको घर जान्थेँ । दीपासँगै बसेर सृजनलाई टीका लगाइदिन्थेँ । ती बिगत बनिसकेका कुरा हुन्, म झसङ्ग हुँदै वर्तमानमा फर्किन्छु ।

च्याटमा दीपाले लेखी, “के छ तेरो हालखबर ? ”

-मैले लेखेँ, “ठीकै”

-“आजकल दादालाई -सृजन) भेटिरहन्छेस् रे नि”

-“अँ रिपोर्टिङ्गमा भेटिन्छ ”

मैले प्रश्न सोधेँ,” एक्जाम सक्कियो तेरो ?”

-“जम्मा दुई दिन भयो, सेकेन्ड सेमिस्टरको सक्कियो । फस्ट सेमिष्टरको एक पेपर बाँकी छ ।” निर्धक्क भएर उसले उत्तर दिई । उसले फेरि लेखी, ” बाहिर ट्राई गर् न यार नेपालमा के छ र बस्छेस् ? राइटर बन्न बसेकी होला नि हैन । ल ल बूढेसकालमा ठूलै लेखक बनिस् भने म पनि लौरो टेक्तै भेट्न आउँला । ”

मैले केही लेखेँ तर डिलिट गरेँ । मलाई उछिन्दै उसले अर्को हरफ लेखी ।

“उमेर कति नै भयो र तेरो ? दुई दशक र केही वर्ष न हो । यो उमेरमा केटीले सुन्दरी बनेको सपना देख्छे र केटाले शक्तिशाली बनेको । खै, कुन चाहिँ हर्मोन बढी भएर होला तैँले चैं लेखक बन्ने सपना देखिस् । यो उमेरमा देखेका सपनाहरू मिथ्या हुन्, चकनाचुर हुन्छन् ।”

बत्ती झ्याप्प निभ्यो तर ठीक समयमा निभ्यो । जेनेरेटरलाई ब्यबस्थित गर्नु अगावै हामी तल झर्यौं र कार्यालयको क्यानटिनमा छियौँ । सृजन, रबिन, पल्लवी र निकिता तल पुगेर मलाई कुरिरहेका थिए । हामी कुर्सीमा बस्यौं । स्न्याक्स र कालो चिया मगायौं । रातो झोला बोकेर राकेश आइपुग्यो । ऊसँगै गोरोगोरो अनुहार परेको राम्रो केटो पनि थियो । उमेर यस्तै चौबीस पच्चीसभन्दा बढी भएको छैन । राकेशले त्यो केटोसँग परिचय गराइदिँदै भन्यो, “हामी सबै पत्रकार ।” औँला तेस्र्याउँदै मलाई देखायो, “उनी चाहिँ श्रेया, अलिअलि लेख्छिन् । दुईवटा पुस्तक प्रकाशित छन् । केही समयदेखि पत्रकारिता पनि गर्दै छिन् ।” “कुनै ‘पात्र’ बनाइदिन सक्छे उसले त तपाईंलाई ।” निकिताले भनी । “ग्ल्यामरको दुनियाँमा छिरेर इमेज बनाउने । धेरैले चिन्न थाल्छन्, लिन्क बढ्छ अनि लेखक बन्ने नि”, रबिनले भन्यो । “अनुहार भएकाहरू यसैमा लाग्छन् ।”, राकेशले ईख्याउँदै ठूलो स्वरले बोल्यो । “कपाल फुल्न थालेको देखेपछि मात्र परिपक्व लेखक रहेछ भनिठान्छन् मान्छेले ” रबिनले आˆनो तर्क राख्यो । ” अभ्यास र क्षमता पनि हुनुपर्छ नभए प्रतिस्पर्धामा आउन सकिँदैन । लिन्क हुँदैमा हुन्छ कि क्या हो ?”, मेरो यस्तो कुराले सबै साथीहरू जिल्ल परे । त्यसपछि हामीले डान्स पार्टीको बारेमा कुरा गर्‍यौँ । क्या रमाइलो हुन्छ डान्स पार्टीमा । झन् डि्रन्कस्को ब्यबस्था भए त Û हल्का पेय त लिने गरेकी छु मैले पनि”, पल्लवीले थपी । अर्को चरणमा प्रेम र प्रणयको कुरा भयो । सृजनले बाबुको चरित्रले गर्दा छोराछोरीमा पर्ने असरका बारेमा लेक्चर दियो । यद्यपि हामी सबै अविवाहित थियौँ ।

युवा प्रेमकहानीका नायक/नायिका बन्छन् । लाग्छ बौद्धिक विधा उनीहरूको लागि होइन । खै केके सोच्दै थिएँ । पल्लवी बोल्न थाली, “हिमाल हाँस्छ । पहाड मुस्कुराउँछ । चराले गीत गाउँछ । यस्तै होइन साहित्य भनेको । किताब पढ्न भनेपछि निद्रा लाग्छ मलाई त । पाँच पेज बढ्दा पाँच चोटि निदाउँछु ।” उसको कुरा सुनेर हामी मनग्य हाँस्यौँ ।

त्यसपछि छुट्टियौँ । गाडीमा चढेँ । भिड थियो, डण्डि समातेर उभिएँ । मोबाइलमा म्यासेज आयो । सृजनको रहेछ । लेखिएको थियो, “ओई श्रेया, भरे कोठामा पुगेर हामीलाई पनि ‘पात्र’ बना है ।” एकछिन पछि फेरि म्यासेज आयो, “ओइ लेखक, ‘मेरो डुब्लिकेट’को हालखबर के छ नि ।” डुब्लिकेट अर्थात् त्यो समाचारवाचक । डेढ वर्षको स्मृति मेरो अगाडि आयो । म सम्झन्छु त्यो दिन प्रख्यात कलाकारको एकल साँझ थियो । होइन…….टाइम्स एफ.एम.को भाईब्रेसन । न्युज लेख्ने सोचले गएको थिएँ । कारणवस् न्युज गएन । सायद मसँग क्यामरा थिएन त्यसदिन, फोटोको अभावले न्युज गएन । धेरै महिनापछि भेट भयो ऊसँग, त्यो पनि संयोगबस् । हिम्मत गरेर फोन गरे । उसले स्वर चिन्यो र भन्यो, “श्रेया त हो नि ।” राजनैतिक रिपोर्टिङ्गमा उसको स्वर सुन्दा कताकता मलाई ईष्र्या लाग्यो, किनभने सिर्जनशीलतामा म जति अगाडि थिएँ, यथार्थपरक विषयवस्तुमा त्यति नै पछाडि । छ्यापछाप्ति खुल्न थालेका छन् नयाँ टेलिभिजन च्यानल । सृजन टेलिभिजनमा देखापर्न थालेछ । उसले म्यासेज पठाएको थियो, “श्रेया मेरो न्युज हेर है” । हेर्दै थिएँ । च्यानल परिवर्तन गरेँ त्यो समाचारवाचक पनि समाचार भन्न थालेको रहेछ । च्यानल परिवर्तन गर्दै हेरेँ । धेरै समानता छ उनीहरूको अनुहारमा । चस्मा लाएको ‘बाहुन अनुहार’ । झण्डै उस्तैउस्तै देखिने नाक, गहुँगोरो रङ, दुब्लोपातलो शरीर, मध्यम उचाई, दुवै पढेलेखेका । दुवैलाई प्रत्यक्ष भेटेकी छु तर धेरै असमानता छन् उनीहरूमा- दृष्टिकोण, ब्यबहार, मानसिकतामा । कोठामा छिरेँ । अगाडि कापी र कलम थियो । किताबहरू अब्यबस्थित र छरिएका थिए । सृजन र समाचारवाचक मेरो मस्तिष्कबाट ओझेल भए । एउटा पात्रको सम्झना भयो । सुटेडबुटेड, शिक्षित, गाउँले पुरुषको जसकी श्रीमती बत्तीस वर्षकी, अग्ली र हल्का मोटी थिई । यो कथा लेख्दा, ऊ भर्खरै सैँतीस लागेको थियो । कथाको एउटा अंश यस्तो थियो- ‘कति सस्ता बनिदिन्छिन् मान्छेहरू । आˆनै मूल्य बुझ्न सक्तैनन् ।’

-काठमाडौ -२०६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *