Skip to content

बुद्धिमान मोक्तानको ११३ औं जयन्ती र तामाङ डाजाङको ११३ औं शृंखला सम्पन्न

  • by


सन्चु ब्लोन तामाङ्-काठमाण्डौ
कार्तिक २६, २०६९

प्रथम तामाङ लेखक बुद्धिमान मोक्तानको ११३ औं जन्मजयन्तीको अवसरमा तामाङ साहित्यिक संघसंस्थाहरूले राजधानीमा एक कार्यक्रम आयोजना गरेको छ ।

विभिन्न ३ वटा साहित्यिक संस्थाले मोक्तानले लेख्नु भएको पुस्तक ‘जक्तेनताम्छ्योइ तामाङ वंशवली ह्रामा’ माथि शनिबार राजधानिको आर.आर. क्यामपसमा छलफल गरेको हो ।

तामाङ डाजाङ, तामाङ सेमलेङ न्हान र तामाङ ग्योत थेन सेमलेङ सेन्जाङले संयुक्त आयोजना गरेको कार्यक्रममा पुस्तकमा समेटिएको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र भाषिक पक्षमाथि छलफल भयो ।

कार्यक्रममा तामाङ भाषाविद अमृत योन्जनले मोक्तानले प्रकाशन गर्नु भएको पुस्तकमा प्रयोग भएको तामाङ भाषा धेरै प्राचिन भएको भन्दै त्यसलाई अहिलेको पुस्ताले पचास प्रतिशत मात्र बुझ्न सकिने बताउनु भयो । उहाँले भाषागत रुपमा जटिल भए पनि तामाङले बुझेको जीवन र जगत, ऐतिहासिक र सांस्कृतिक रुपमा अत्यन्तै महत्वपुर्ण पुस्तक भएकोले जिक्तेन तामछ्योइलाई खस नेपाली भाषामा पनि अनुवाद गरेर सबै तामाङ माझ पुराउन सके मोक्तानप्रतिको सच्चा श्रृदान्जली हुने धारणा राख्नु भयो ।

त्यस्तै तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तानले लेखक बुद्धिमान मोक्तानले त्यो समयमा लेखेको पुस्तक तामाङ समाजलाई मार्गदर्शन गर्न अहिले सम्म पनि उत्तिकै महत्वपुर्ण रहेको बताउदै उहाँको पुस्तक पुनः प्रकाशन गर्नमा तामाङ साहित्यिक संघसंस्थाहरू लागिपर्नु पर्नेमा जोड दिनुभयो । हरेक तामाङको घरघरमा उहाँको ‘जिक्तेन ताम्छ्योइ’ पुस्ताक पुराउन सके तामाङको प्राचिनकाल देखि संस्कृति खोजी र संरक्षणमा नयाँ पुस्ता लागि पर्ने बिचार राख्नुभयो ।

कार्यक्रममा लेख रविन्द्र तामाङले बुद्धिमान मोक्तानले पुस्तकमा तामाङहरूको उद्गम थलोको बारेमा उल्लेख गरेको कुराको आधारमा तामाङहरूको इतिहास खोज्ने आधार प्रष्ट भएको बताउनु भयो उहाँले यसैलाई आधारको रुपमा लिएर थप अनुसन्धान र अध्यान गर्न तामाङ युवाहरू लागिपर्न आग्रह अर्गुभयो । साथै लेखक तामाङले मोक्तानको पुस्तकलाई पुन प्रकाशनमा ल्याउन सके उहाँको सच्चा सम्मान हुने बताउनु भयो ।

कार्यक्रममा बुद्धिजम अध्याता एवं तामाङसालिङका नेता बुद्धछिरिङ मोक्तानले बुद्धधर्म मान्ने तामाङहरूले जीवन र जगतलाई हेर्न दार्शनिक कुरा जिक्तेन ताम्छयोइभित्र रहेको बताउदै यस्ता ज्ञानको भण्डारलाई संघालेको पुस्तकमाथि गहिरो अध्यान र पुन प्रकाशनमा ध्यान जानु जरुरी रहेकोमा जोड दिनुभयो ।

डुपवाङगेल मोक्तान लगायतका बक्ताहरूले अहिलेको सन्दर्भमा पनि बुद्धिमान मोक्तानले निकल्नु भएको पुस्तकको उत्तिकै महत्व रहेकोमा जोड दिनु भएको थियो । भारतको दार्जलिङको रंगबुल भन्ने स्थानमा वि.स.१९५६ कार्तिक २७ गते जन्मनु भएका बुद्धिमान मोक्तानले २०१३ सालमा ‘जिक्तेन तामछ्योइ तामाङ वंशवली ह्रामा’ प्रकाशन गर्नु भएको हो । उहाँको जन्मजयन्तीको अवसरमा प्रत्येक वर्ष तामाङ साहित्यिक संस्थाले कायर्रुक्रम गदै आएको छ ।

यसैविच बुद्धिमानको जन्मजयन्तीसंगै तामाङ डाजाङको ११३ औं साहित्यिक श्रृखला पनि सम्पन्न भएको छ । कार्यक्रममा एक दर्जन भन्दा बढी स्रस्टाहरूले तामाङ भाषामा लेखिएको कविता, गजल, गित लगायत विधाका रचना बाचन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *