Skip to content

यी थकाइका सुस्केराहरु


साचेर खुसीहरू बाड्न
मेलापातबाट फर्केका
खेतालाहरु हातगोडा पखाली
सिकुवामा लामो सुस्केरासँग
भोलिको कामको लेखा राख्दै
थकान हरुलाई हातमुखको समस्या टार्न
अनवरत निरन्तरताको पाठशाला बनाएका छन्
बेलुकीको सारो चाम्रोमा
मिठो मसिनोको गन्थन बेगर नै
मिठोमानी मानी पेट भरिदैछ
कान्छोको स्कूल
छोरीको पर घरको सपना हरु छन्
सिरानीमा थाँती बसेका
ठुलो छोरा पर्देसिएको ऋण
थलिएकी आमा अनि बाको
भविष्यअनबरत पाखुरिहरुको बलमा
सिंघ्हासन यो अभावको थाम्न
यी थकाइका सुस्केराहरु
पुन पुन यन्त्रबत बढिरहेछन
भोलिको पर्खाइमा भोलिको निरन्तरतामा
न त सुनौलो भविष्यनै खोजेको छन्
न त थाकेको बहानामा थाकेका छन्
निरन्तरताको दैनिक भगवानको पूजा
आरती अनि जिन्दगी – जिन्दगीको
लामो परिभाषा पढी रहेछन
न उफ छ न ऐया छ
जिन्दगी जे छ अभावै – अभावमा
के छ हाल खबर ?
राम्रै छ खुसी छ को त्यान्द्रोमा अल्झी रहेछ !!
==============================

Leave a Reply

Your email address will not be published. Required fields are marked *