Skip to content

मेरा दुखित मनहरू

  • by

मेरा आँसुहरू शीतको वर्षा बर्से झै
थोपा थोपा बनि तप्प तप्प झर्छ
मेरा दुखित मनहरू धर्तीको माटोहरूमा
म हिडने पाईलाहरू
अन्धो भएर ठोकिन्छन
अटेरी ढुंगाका बाटोहरूमा

सम्झन्छु
अतित र वर्तमानलाई
बेस्सरी खाल्डोमा हाम फालेका पलहरू
जहाँ म फुल्न नसक्ने काँडाहरूलाई अंगाली हिडे
त्यसैले
पश्चापी मन लिएर बेस्सरी रून मन लाग्छ मलाई
कहिले
हाँस्छु पनि सम्हालिन्न मन
सम्हाल्न खोज्छु भत्किन्छ झन
अनि फेरी बेजोड तरीकाले रून्छु

कस्लाई थाहा छ र
मनको पीडा यहाँ ?
पोखाउदा त छ-छल्किएर छल छल्ती पोखिने हो
तर
बाँधिएका छन् जन्झिरका ठूला ठूला सांग्लाहरूले
सक्तिन संसारकै आँखामा छिप्न
नत सक्दछु मेरा हृदयका कुईनेटोहरूमा
म आफैलाई पोखाएर
धीत मरून्जेल एकान्तमा एक्लै टोलाएर रून्छु

लाग्छ मलाई
मेरा आँसुका मुहान नै खडेरी बनाउन
भग्वानले श्रीष्टि गरेछन्
ती पीडा र दुखलाई दबाएर
न्यायको कठघरामा तौलन्छु
स्वार्थी समय र संसारलाई एकातिर उभ्याएर
तर
म आफैमा ओजन भार भएको भेट्टाउछु
यो सम्झि गहभरी आँसु पिएर रून्छु
म थाके जिन्दगीसंग
म हारे आफैसंग
रृतिएको मन भित्र नशाको माँतले पिएको छु
बेहाल छ जिन्दगी बेहाल भएर जीएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *