मेरो माया अटाएन तिम्रो प्रेम झोलीमा
कांडै काँडा मात्र भेट्यो संधै मेरो बोलीमा
मुटुभरि चोखो मायाँ तिम्रै लागि साँच्या थिएँ
दु:खहरू समेटेर हाँसेर नै बाँच्या थिएँ
तर पनि तिमीले मलाई जिउँदै जलायौ
यो जीवनमा विनासको तातो हुरी चलायौ
देउतालाईभन्दा पहिले तिमीलाई पुज्थें
तिम्रो खुशी नबिथोल्न बरु आफैँ भित्र दुख्थें
तर तिमीले मलाई पैतालाको धुलो मान्यौ
मेरो सामिप्यतालाई आँखाको फुलो ठान्यौ
लक्ष्मी अनुरागी