Skip to content

वतास चल्छ अनि डाली झुल्छ (तीन मुक्तक)

  • by


१)
वतास चल्छ अनि डाली झुल्छ
वसन्त आउँछ अनि फूल फुल्छ
उमंङ्ग लिई सधैं हिडे तिमी
आकाश पनि रङ्गिएर खुल्छ

२)
सेवा गर्दा सधैंभरि लाभ हेर्नु हुन्न
लागौं अब स्वार्थका मूलहरू थुन्न
मनैभरि तुष नबोक्नु, रिसराग नराख्नु
त्यस्ले सफलतालाई कसै गरी छुन्न

३)
आऊ तिमी निर्मल मन त्यो लिएर
जाऊ तिमी निस्वार्थ सेवा दिएर
जब च्यातिन्छ समाज घृणाले
तब टाल्नु त्यसलाई प्रेमले सिएर

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *